सिकलसेलका १६५ बिरामीलाई अस्पताल जान सिफारिस
बर्दिया, ५ असोज – सिकलसेल एनेमियाका गम्भीर प्रकृतिका १६५ बिरामीलाई सुविधासम्पन्न अस्पतालमा उपचारका लागि सिफारिस गरिएको छ ।
बाँकेको भेरी अञ्चल अस्पताल र बर्दिया अस्पतालमा ११४ जना बिरामीलाई जान सिफारिस गरिएको प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापाले बताए ।
सरकारले एक लाख रुपैयाँसम्म उपचार खर्च बेहोर्ने प्रजिअ थापाले बताए । पश्चिम तराईका दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा रहेका थारू समुदायका मानिसहरु सिकलसेल रोगबाट प्रभावित छन् ।
परीक्षण नगराएका कारण धेरैलाई यो रोगबारे अझैसम्म जानकारी नभएको निमित्त जनस्वास्थ्य प्रमुख सुनिल पाण्डेले बताए। सिकलसेल एनेमियाका रोगीमा रगत कम हुने, कमलपित्त देखापर्ने, शरीर दुख्ने, जोर्नी दुख्ने, सुन्निने, दुब्लाउने, हल्का ज्वरो आउने लगायतका लक्षण देखिने गर्छ ।
यो रोग जिल्लाका पाँच नगरपालिकासहित सबै गाविसमा पाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य परीक्षण गराएका एक सयमध्ये पाँचदेखि १० जनामा रोग फेला परेको छ । रासस
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



