कपाल झर्नबाट रोक्न अपनाउनुहोस् यी घरेलु उपाय

hair
अण्डा र ग्रीन टी : अण्डा खानाले शरीरलाई जति नै फाइदा गर्छ त्यतिनै कापालका लागि पनि फाइदाजनक हुन्छ । अण्डामा प्रशस्त मात्रामा प्रोटीन हुन्छ । त्यसैले एक वटा अण्डाको सेतो भाग र दईचम्चा ग्रीन टीको पेस्ट बनाएर कपालको जरासम्म लगाउनुहोस् र आधाघन्टा पछि सफा पानीले धुनुहोस् । यो हप्तामा तीन पटक सम्म गर्नुभयो भने तपाइँको कपाल झर्ने समस्या समाधान हुन्छ ।

प्याज र फिटकिरी : प्याजमा एन्टीअक्सिडेन्ट नामक तत्व हुन्छ । यसले कपाल झर्नबाट रोक्न मद्दत गर्छ । तीन वटा प्याज र फिटकिरीको साने टुक्रा लिनुहोस् र प्याजको रस निकालेर फिटकिरी पिसेर मसिनो धूलो बनाउनुहोस् र त्यसलाई मिलाएर रातभर कपालमा लगाई छाडिदिनु त्यसपछि बिहान कपाल राम्रोसंग धुनुहोस् । यो कार्य हप्तामा दुईपटक गर्नु आवश्यक हुन्छ । जसले तपाइँको कपाल झर्नबाट रोक्छ ।

केरा र अण्डा : एक एक वाटा केरा र अण्डा लिनुहोस् र केरा अण्डा मिलाएर पेस्ट बनाउनुहोस् र कपालमा लगाएर आधाघण्टा छाडिदिनसहोस् । त्यसपछि मनतातो पानीले कपाल धुनुहोस् । यसो गर्नाले केही दिनपछि कपाल झर्न बिस्तारै रोकिन्छ ।

यसका साथै दैनिक रुपमा नियमित पौष्टिक आहारको सेवन गर्नु, नियमित ब्यायाम गर्नु तथा प्रशस्त मात्रामा निदाउनु पनि जरुरी हुन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *