प्राथमिक उपचार घरदैलो सेवा जिल्लामै नमुना कार्यक्रम

नवलपरासी, ३ असोज – नवलपरासीको विकट पहाडी क्षेत्रका सर्वसाधारण जनतालाई स्वास्थ्यको सहज पहुँच पु¥याउने उद्देश्यले जिल्लामा पहिलो पटक स्वास्थ्य उपचार घरदैलो सेवा सुरु गर्न लागिएको छ ।

जिल्लामा पहिलो पटक जिल्लाको गैँडाकोटमा अवस्थित सहज सामुदायिक अस्पतालले नयाँ सेवाका रुपमा प्राथमिक स्वास्थ्य उपचार घरदैलो सेवा सुरु गर्न लागेको हो । सो अभियानको उद्देश्य विशेष गरी पहाडी क्षेत्रका जनतालाई लक्षित गरी अस्पतालले पोषणसम्बन्धी जानकारी दिन तथा स्वास्थ्य सेवा र सरसफाइबारे स्थानीयलाई सचेत गराउने रहने छ ।

विकट पहाडी गाविस कोटथर, डाँडाझेरी, रतनपुरलगायत नवलपरासी र चितवन आसपासका पहाडी क्षेत्रका सर्वसाधारणलाई लक्षित गरी तीन वर्षे विशेष योजना ल्याउने तयारी गरिएको सहज सामुदायिक अस्पतालका अध्यक्ष करुणासागर सुवेदीले बताए ।

गैँडाकोटको सहज सामुदायिक अस्पतालले सुरु गर्न लागेको प्राथमिक स्वास्थ्य उपचार घरदैलो सेवा जिल्लामै नमुना कार्यक्रम हो । अस्पतालको सेवा क्षेत्र गैँडाकोट नगरपालिकासहित नवलपरासी र चितवनको विकट पहाडी क्षेत्र रहने छ ।

अभियानका लागि बङ्गलादेशबाट एक जना चिकित्सक र एकजना पोषण विज्ञसहितको एक टोली एक साताअघि अस्पतालमा आएका छन् ।
विदेशी चिकित्सक तथा पोषणविद्ले अस्पतालसँग मिलेर स्वास्थ्य स्वयम्सेविकालाई तालिम दिनेछन् । यस्तै तालिम प्राप्त स्वयम्सेविकालाई प्राथमिक स्वास्थ्य उपचार सेवा दिनका लागि घरघरमा पठाइ सरसफाइ तथा स्वास्थ्य जानकारी तथा पोषणसम्बन्धी चेतना पु¥याउन बङ्गलादेशी चिकित्सकले भूमिका खेल्ने बताइएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *