निःशुल्क स्वास्थ्य शिविर
पोखरा, २ असोज – पोखराको जिरो किलोमिटरमा सञ्चालनमा आएको रिजनल हस्पिटलद्वारा शनिबार हाडजोर्नी तथा नशा रोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरियो ।
अस्पतालको शुभारम्भको अवसरमा आयोजित सो शिविरमा ८१ जनाको स्वास्थ्य परीक्षण गरिएको अस्पताल सञ्चालक समितिका अध्यक्ष जगत खड्काले जानकारी दिए।
शिविरमा हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा दिवस कटुवाल क्षेत्री, डा दिनेशकुमार विक, वरिष्ठ रेडियोलोजिस्ट डा आनन्दबहादुर श्रेष्ठले बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए ।
उनका अनुसार शिविरमा ५० जना बिरामीको ल्याब परीक्षण, १० जना बिरामीको भिडियो एक्सरे र ४० जना बिरामीको एक्स–रे गरिएको थियो ।
आइसियुसहित २५ बेड क्षमता रहेको हस्पिटलले चौबीसै घन्टा आकस्मिक सेवा, अत्याधुनिक प्रयोगशाला, एक्स–रे, भिडियो एक्स–रे, मुटुको भिडियो एक्स–रे, इसिजीलगायत ओपिडी सेवा सुरु गरेको छ । रासस