औषधि व्यवस्था विभागको महानिर्देशकमा ढकाल

828
Shares

narayan dhakalकाठमाडौँ, ३१ भदौ – औषधि व्यवस्था विभागमा रिक्त महानिर्देशक पदमा नारायणप्रसाद ढकाल नियुक्त भएका छन् । गत बुधबारको स्वास्थ्य मन्त्रीस्तरीय निर्णयबाट उनलाई महानिर्देशकको जिम्मेबारी दिइएको हो । यद्धपी ढकालले आज मात्रै पत्र बुझेका छन् ।

ढकाल गत साउनको पहिलो साता प्रमुख औषधि व्यवस्थापक पद ११ औँ तहमा बढुवा भएका थिए । विभागका महानिर्देशक बालकृष्ण खकुरेलले दुई साता अघि अनिवार्य अवकास पाएपछि विभागको महानिर्देशक पद रिक्त थियो ।

ढकाल सो पदका लागि एक्ला उम्मेद्धवार थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *