अस्पतालमा चिकित्सकको अभाव

gahandra-hospital

राजविराज, ३० भदौ –  राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा दरबन्दीअनुसारका विशेषज्ञ डाक्टर नहुँदा यहाँ बिरामीको उपचारमा समस्या भएको छ ।

अञ्चल अस्पतालमा २० जना विशेषज्ञको दरबन्दी भए पनि अहिले चार÷पाँचजना मात्र विशेषज्ञ कार्यरत हुँदा उपचारका लागि आउने सेवाग्राहीलाई सेवा दिनमा समस्या भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा दिलीप साहले बताए ।

अस्पतालमा रेडियोलोजिस्ट, सर्जन, अनेसलोजेस्ट, नाक, कान, घाँटीसम्बन्धी विशेषज्ञ, हाडजोर्नी, बालरोग विशेषज्ञसहित करिब एक दर्जनभन्दा बढी डाक्टरको दरबन्दी भए पनि अवश्यकताअनुसार डाक्टर नहुँदा उपचारमा समस्या भएको मेडिकल डा साहले जानकारी दिए । दरबन्दीअनुसार स्त्रीरोगतर्फ समेत अभाव रहेकाले प्रसूति गराउन आउनेलाई पनि विशेषज्ञको अभाव छ ।

यहाँको अस्पतालमा दरबन्दीअनुसारको विशेषज्ञ नभएकाले इमर्जेन्सी केसका बिरामीलाई यहाँ उपचार नपाएर धरान, विराटनगर जस्तो अस्पतालमा पठाउनुपर्ने बाध्यता रहेको अस्पतालले जनाएको छ ।

स्रोत र साधनबाट समेत अभाव रहेको अस्पतालमा यहाँ उपचार गराउन आउने सर्वसाधारण बिरामीलाई समस्या हुनाका साथै उचित उपचार पाउनबाट वञ्चित भएको आफ्ना छोरीलाई उपचार गर्न अस्पताल पुगेका राजविराजका राजेश यादवले गुनासो गरे ।

अस्पतालको आकस्मिक कक्षमा २५ श्ययाको (बेड) रहे पनि दिनुहुँ अस्पतालमा बिरामीको चाप बढेकाले उपचार गराउने बिरामीलाई अहिले भुइँमै राखेर उपचार गराउन बाध्य रहेको अस्पताल प्रशासनले जनाएको छ ।

त्यस्तै आकस्मिक कक्षबाहेकका वार्डमा भने ५० श्यया रहकामा यहाँ प्रसूति गराउने महिलाको सङ्ख्यामा वृद्धि भएपछि झन समस्या हुने गरेको अस्पतालबाट थाहा भएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *