पाटन अस्पतालबाट पाँचवटा बेवारिसे शव संकलन गरी दाहसंस्कार

bebarise

ललितपुर, २९ भदौ  – ‘एक्सन फर सोसल चेन्ज’ नामक संस्थाले पाटन अस्पतालमा रहेका ५ वटा बेवारिसे शव संकलन गरी दाहसंस्कार गरेको छ ।

पाटन अस्पतालमा बेवारिसे अवस्थामा रहेर गन्हाउन थालेका शवको सोमबार दाहसंस्कार गरिएको संस्थाका अध्यक्ष विनय बस्नेतले जानकारी दिए ।बस्नेतले तीन वर्ष पहिलेदेखि अस्पतालका रहेका ३३ वटा बेवारिसे शव एक्लै संकलन गरी दाहसंस्कार गरी सकेका छन् ।

 ललितपुरको टीकाथली घर भएका बस्नेतले आफ्नै बावुको शव टिचिङ अस्पतालमा तीन दिनसम्म बेवारिसे अवस्थामा रहेपछि त्यहीँबाट प्रेरणा पाएर अस्पतालमा रहेका बेवारिसे शवको दाहसंस्कार गर्ने काम सुरु गरेको बताए ।

बस्नेतले अस्पतालहरुबाट संकलन गरेका बेवारिसे शव पशुपति आर्यघाट लगेर अन्त्येष्टि गर्ने गरेका छन् । पशुपति क्षेत्र विकास कोषले विद्युतीय शव दाहगृहमा पुराना शव जलाउन नदिएपछि उनले दाउराको प्रयोग गरेरै अन्त्येष्टि गरे ।

bebarise1

अस्पतालमा बेवारिसे अवस्थामा रहेका शवको व्यवस्थापन गर्ने काम सम्बन्धित नगरपालिकाको हो । तर, नगरपालिकाले पनि बेवारिसे शव व्यवस्थापनमा चासो नदेखाएको उनको आरोप छ ।

बेवारिसे शव व्यवस्थापन गर्न कानुनी प्रणाली जटिल भएको उनको अनुुभव छ । उनले अस्पतालहरुले पनि बेवारिसे शव व्यवस्थापन गर्न सहयोग नगरेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *