राष्ट्रिय चिकित्सा शिक्षा विधेयक सदनमा पेस

काठमाडौँ, २९ भदौ – व्यवस्थापिका–संसद्को आजको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७३ पेस भएको छ । शिक्षामन्त्री धनिराम पौडेलले सदनमा उक्त विधेयक प्रस्तुत गरेका हुन् ।

यसअघि राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७३ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवाल, डिल्लीप्रसाद काफ्ले र अनुराधा थापामगरले प्रस्तुत गरेको विरोधको सूचनालाई बैठकले अस्वीकृत गरेको थियो ।

त्यस्तै, बैठकमा सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम थानीले सहकारी विधेयक २०७३ प्रस्तुत गरे । व्यवस्थापिका–संसद्को अर्को बैठक आगामी असोज ९ गते दिउँसो १ बजे बस्नेछ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *