‘मेची अञ्चलमा मेडिकल कलेज सञ्चालन गर्न पाउनुपर्‍यो ‘

काठमाडौँ २७ भदौ – शिक्षण अस्पताल संचालनको आसय पत्र दिइसकेको र सम्पुर्ण सरकारी मापदण्ड पुरा गरेका राजधानी बाहिरका अस्पताल लाई सरकारले मेडिकल कलेजको संचालन अनुमती दिन मेची अञ्चलवासीले आग्रह गरेका छन् ।

सोमबार राजधानीमा स्वास्थ्य शिक्षा सरोकार समाजले पत्रकार सम्मेलन गरेर यथासक्य चाँडो मेची अञ्चलमा मेडिकल कलेजको सम्वन्धन दिइनु पर्ने जनाएको हो । कुनैपनि क्षेत्रको विकास र उन्नतीमा सोही क्षेत्रका जनताले निणर्य गर्न पाउँने अधिकार रहेको भन्दै मेचीको विषयमा के गर्ने के नगर्ने आफुहरु स्यमंले निर्णय लिने समाजका उपाध्यक्ष चैतन्यप्रकास मैनालीले वताए ।

समाजले मेची अञ्चलमा पूर्वाधारको प्रचुर संभावना रहेको भन्दै विभिन्न पाँच बुँदे माग अघि सारेको छ । स्वास्थ्य शिक्षानागरिक सरोकार समाजले तत्कालविपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विश्वविद्यालय लाई सम्वन्धन दिएर भएपनि मेचीको विर्तामोडमा शिक्षण अस्पतालको सम्बन्धन् दिनुपर्ने माग गरेको छ ।

उसले अघि सारेका मागहरुमा सकभर प्रत्येक अञ्चलमा कम्तीमा एउटा शिक्षण अस्पतालको स्थापना हुनुपर्ने कुनै व्यक्तिलाई सरकारको काम कारवाहीलाई असर पुग्ने गरि अनशनमा बस्दै प्रक्रियागत रुपमा अघि बढेमा सबै प्रक्रियालाई सरकारले रोक्न नहुने र तत्काल सो को आवश्यक कारवाहि अघि बढाई कार्यान्वयन गर्नुपर्ने, वि.पि कोईराला स्वास्थ्थ विज्ञान प्रतिष्ठान धरानलाई शिक्षण अस्पताललाई सम्बन्धन प्रदानगर्न सक्ने अधिकार सम्पन्न मेडिकल विश्वविद्यालयको स्वीकृति प्रदान गर्नुपर्ने लगायत छन् ।

समाजका अध्यक्ष प्रकास शिवाकोटीले भने अहिले विर्तामोडको विएण्डसी अस्पतालले सरकारको सवै मापदण्ड पुरागरेकाले सो अस्पताललाइ सम्वन्धन दिएर जानुपर्ने कुरामा जोड दिएका थिए ।

कार्यक्रममा मैनालीले आफ्ना मागहरूमा सरकारले गम्भिरता नदेखाए अनशन बस्ने चेतावनी दिए । उनले भने “नेपालको सुदुरपूर्व मेचि अञ्चलका २६ लाख नेपाली जनताको आवाजहरूले भरिएका यीन्यायोचित मागहरूलाई सरकारले सम्बोधन गर्नैपर्छ ।” समाजले सोमवार प्रधानमन्त्री प्रचण्ड, पुर्व प्रधानमन्त्री केपी ओली, स्वास्थ्य मन्त्री र शिक्षा मन्त्री लाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *