छ दिनकी सुत्केरी बेपत्ता

0
Shares

रोल्पा, २६ भदौ – जिल्लाको कोर्चाबाङ–४ घापाकी २४ वर्षीया सुत्केरी दिलकुमारी बुढा बेपत्ता भएकी छिन् ।

छ दिनकी सुत्केरी बुढा दाङको शौडियार गाविस–१ स्थित आफ्नै दाजुको घरबाट यही भदौ १९ गतेदेखि बेपत्ता भएकी हुन् । उनी कहाँ र किन गइन् भन्ने बारेमा परिवालाई कुनै किसिमको जानकारी नभएको दिलकुमारीका श्रीमान् दिनेश बुढाले बताए ।

प्रसूति व्यथा लागेपछि भदौ ११ गते श्रीमतीलाई लिएर दिनेश जिल्ला अस्पताल रेउघा पुगेका थिए । त्यहाँ सहजरुपमा सुत्केरी हुने संभावना नदेखिएपछि उनले दिलकुमारीलाई महेन्द्र उपक्षेत्रीय अस्पताल दाङ लगेका थिए । त्यहाँ भदौ १३ गते शल्यक्रिया गरी बच्चा जन्माएपछि दिलकुमारी शौडियारस्थित आफ्नै दाजुको घरमा गएकी थिइन्।

केही वर्षदेखि लिबाङमा डेरा गरी बस्दै आएका बुढा दम्पतीले तीन वर्ष अगाडी प्रेम बिबाह गरेका थिए । बेपत्ता हुनुअघि दिलकुमारीले आफ्नो मोबाइलमा ‘मेरो खोजी नगर्नुु’ भन्ने म्यासेज पठाएको उनको श्रीमान दिनेशले बताए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *