कान्तिपुर डेन्टलमा सीडीएस तथा डिप्लोमा इन फार्मेसीे विषयबारे प्रशिक्षण
काठमाडौँ, २२ भदौ – बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टरमा प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद सीटीइभीटीको सम्वन्धमा संचालित ३ बर्षे सर्टिफिकेट इन डेन्टल साइन्स (सीडीएस) तथा डिप्लोमा इन फार्मेसी कार्यक्रमको ओरिन्टेसन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा विज्ञहरुले बिद्यार्थीहरुलाई सीडीएस तथा डिप्लोमा इन फार्मेसी विषयको पाठ्यक्रम तथा यसको महत्वको बारेमा जानकारी दिइएको यसका साथै बिद्यार्थीहरुलाई मुख तथा दन्त स्वास्थ्य सम्वन्धि जानकारी र सामुदायिक दन्त स्वास्थ्य सम्वन्धि जानकारी समेत प्रदान गरिएको थियो ।
विज्ञहरुले सीडीएस अध्ययन सकेपछि विद्यार्थीहरुले स्वास्थ्य व्यावसायी परिषदले तोकेको कार्यक्षेत्रभित्र रही डेन्टल क्लिनिक अस्पताल तथा डेन्टल कलेजमै रोजगारी पाउन सक्ने बारेमा जानकारी दिए । त्यस्तै उनीहरुले युरोप अमेरिका लगायतका विश्वका विभिन्न मुलुकमा सहजरुपमा जान सक्ने बताए ।
त्यसो त सीडीएस अध्ययन सकेपछि स्नातक तहको अन्य बिषयहरुमा अध्ययन गर्न पाइन्छ । त्यस्तै तीन महिने ब्रिजकोर्ष पछि नेपालमै बीडीएस तथा एमबीबीएस अध्ययन गर्न सकिने समेत बताइएको छ ।
सम्पर्क इमेल : [email protected]
Habadari news …….buddi mann ko college ma kati jana cds le job pako x…..buddi mann ko marketing policy….that’s it…