चिकित्सक संघको दोस्रो चरणको निर्वाचन आजबाट, उपत्यकामा भोट हाल्न बाँकी मतदाता ३ हजार ९३९ जना

काठमाडौँ, २१ भदौ – नेपाल चिकित्सक संघको नयाँ नेतृत्व (२०७२-०७५) छान्नका लागि आजबाट दोस्रो चरणको निर्वाचन काठमाडौँमा सुरु हुँदैछ । यसअघि पहिलो चरणमा गत १७ र १८ भदौमा उपत्यका बाहिरका १५ वटा मतदान केन्द्रमा निर्वाचन भएको थियो । आजबाट सुरु हुने उपत्यकाको निर्वाचन २५ भदौसम्म चल्नेछ ।

प्रमुख निर्वाचन अधिकृत डा. धनबहादुर राना मगरका अनुसार उपत्यकाका अहिले विहान ११ बजे देखि अपरान्ह ४ बजेसम्म निर्वाचन हुँदैछ । कुल ५ हजार ३०५ जना मतदातामध्ये १ हजार ३६६ जनाले उपत्यका बाहिर भोट खसालेपछि बाँकी ३ हजार ९३९ जना मतदाताले भोट हाल्न पाउनेछन् ।

यसपटकको चुनावका लागि पेशागत समावेशी समूहबाट डा. रमेश ढकालको नेतृत्वमा १३ सदस्यीय प्यानलले उम्मेदवारी दिएको छ । यता प्रजातान्त्रिक समूहबाट डा. मुक्तिराम श्रेष्ठको नेतृत्वमा अर्को समूहले उम्मेदवारी दिएको छ । महासविचमा भने दुई समूह बाहेकका डा. पुष्पमणी खरालले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् ।

अघिल्ला चुनावमा प्रजातान्त्रिक समूहको एकाधिकार जस्तै देखिने गरेपनि यसपटक भने दुई समूहबीच कडा टक्कर भएको जानकारहरु बताउछन् ।

निर्वाचन अधिकृत डा. रानाले २५ भदौमा उपत्यकाको निर्वाचन सकिएपछि २६ भदौ विहानैबाट मत गणना गरि सोही दिन बेलुकासम्म नतिजा आउने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *