गर्भपतन गराउँदा मृत्यु प्रकरण : अस्पतालले एक लाख दिने भएपछि आफन्तले शब बुझे

खोटाङ, २१ भदौ – शल्यक्रिया मार्फत गर्भपतन गराउने क्रममा ज्यान गुमाएकी धितुङ–७ की ३९ वर्षीया टलकुमारी राईको शव आफन्तले बुझेका छन् ।  सोमबार मृतकका आफन्त र प्रशासनबीच भएको छलफलमा राहतस्वरुप अस्पतालले एक लाख दिने र स्वास्थ्य मन्त्रालयमा पाँच लाख उपलव्ध गराउन सिफारिस गर्ने सहमति भएपछि शब बुझेका हुन् ।

त्यस्तै मृतकको दाहसंस्कार र किरिया खर्चबापत अस्पतालले तत्काल रु ४० हजार र १५ दिनभित्र रु ६० हजार उपलब्ध गराउने, मृतक परिवारलाई रोजगारीका लागि सरकारी तथा गैरसरकारी संस्थामा पहल गर्ने, आश्रित बालबालिकाको शिक्षादीक्षाका लागि व्यवस्था गर्ने लगायत सहमति भएको मृतकका दाजु ज्ञानु सेरालुङले बताए ।

मृतकका परिवारले राखेको माग सम्बोधन गर्दै अस्पतालले दिने रु एक लाखमध्ये तत्कालका लागि रु ४० हजार लिएर पीडित परिवारले शव बुझेको निमित्त प्रजिअ दिनेश कुमालले बताए।

खोटाङ जिल्ला अस्पतालका मेडिकल अधिकृत डा सन्तोष साहले शल्यक्रिया गरेर गर्भपतन गराउँदा गम्भीर बिरामी परेकी राईलाई थप उपचारका लागि काठमाडौँ लैजान खानीडाँडा विमानस्थल लाने क्रममा आइतबार दिउँसो मृत्यु भएको थियो । राईको पेटमा १२ हप्ताको गर्भ रहेको थियो ।रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *