वालिङमा एआरभी वितरण केन्द्र

स्याङ्जा, १६ भदौ – एचआइभी सङ्क्रमितको सुविधालाई मध्यनजर गर्दै स्याङ्जाको वालिङमा बुधबार एआरभी वितरण केन्द्रको स्थापना गरिएको छ । जिल्ला सदरमुकाममा रहेको एआरभी केन्द्रबाट मात्रै दिइने सेवा प्रभावकारी नभएपछि वालिङमा पनि केन्द्रको स्थापना गरिएको हो ।

हाल जिल्लामा १८० जनाले एआरभी औषधि प्रयोग गर्दै आएका जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख डाक्टर भोजराज गौतमले बताए । “जिल्लामा रहेको केन्द्रबाट मात्रै सङ्क्रमितले सेवा प्राप्त गर्न कठिन भएकाले हामीले वालिङ प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा पनि केन्द्र स्थापना गरेका हौँ”, जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख डा गौतमले भने।

उनले भने “वालिङमा पायक पर्ने ८९ जनाले यो केन्द्रमार्फत निःशुल्करुपमा औषधिको प्रयोग गर्न सक्नेछन् ।” वालिङमा एआरभी केन्द्र स्थापना भएपछि एचआइभी सङ्क्रमितले सहजरुपमा सेवा पाउने विश्वास लिएका छन् । रासस


Leave a Reply

Your email address will not be published. Required fields are marked *