चार औषधि पसलमा सिलबन्दी

tala

काठमाडौँ, १६ भदौ –  आपूर्ति व्यवस्थाउपन तथा उपभोक्ता हित संरक्षण विभागले चार औषधि पसलमा सिलबन्दी गरेको छ ।

आज गरेको अनुगमनका क्रममा नवीकरण नगरेका कलङ्कीस्थित कलङ्की पोलिक्लिनिक, जनसामुदायिक स्वास्थ्य पोलिक्लिनिक एन्ड रिसर्च सेन्टर, श्री एसिया मेडिकल हल र मिसन पोलिक्लिनिकमा सिलबन्दी गरिएको विभागका निर्देशक लक्ष्मण श्रेष्ठले जानकारी दिए ।

सिलबन्दी गरिएका सबै पोलिक्लिनिकलाई तीन दिनभित्र जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँमा कागजपत्रसहित उपस्थित हुन निर्देशन दिइएको श्रेष्ठले बताए ।

अनुगमनका क्रममा कलङ्कीकै इलिया मेडिकल सेन्टरमा बिक्री वितरणका लागि राखिएको म्याद सकिएका औषधि नियन्त्रणमा लिइएको उनले जानकारी गराउए । सेन्टरमा सेफवार–सिभि ३२५ नामको औषधिको म्याद सकिएको पाइएको थियो ।

कलङ्कीमा आज नौ वटा औषधि पसलको अनुगमन गरिएको थियो । अनुगमनका क्रममा औषधि बिक्रेताले खरिद र बिक्री गरेका बिल नदेखाएको र पसलमा सरसफाइ नगरेको भेटिएपछि उनीहरुलाई विभागमा आउन निर्देशन दिइएको छ ।

यसैगरी, अनुगमनका क्रममा बढी भाडा लिएको र भाडा तालिका नटाँसेको भन्दै ४० वटा सार्वजनिक यातायातलाई कारबाहीका लागि ट्राफिक प्रहरीलाई जिम्मा लगाइएको पनि निर्देशक श्रेष्ठले जानकारी दिए ।

त्यस्तै, म्याद नाघेका, तह नभएका, मूल्यसूची नराखेका भीमसेनगोलास्थित दुई वटा खाद्य पसललाई तीन दिनभित्र विभागमा आउन निर्देशन दिइएको छ । अनुगमनका क्रममा व्यवसाय दर्ता र प्यान दर्ता नभएका कीर्तिपुरस्थित लक्ष्मी मिठाइ भण्डार र मायादेवी चिया तथा मिठाइ पसल सञ्चालकलाई पाँच दिनभित्र व्यवसाय दर्ता र प्यान दर्ता गर्न निर्देशन दिइएको छ ।  हिजो २१ उद्योग व्यवसायको विभागले अनुगमन गरेको हो । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *