उत्कृष्ट स्वास्थ्यचौकी तथा स्वास्थ्यकर्मी पुरस्कृत

खोटाङ, १३ भदौ –  जिल्लाका उत्कृष्ट स्वास्थ्यचौकी तथा स्वास्थ्यकर्मीलाई आइतबार यहाँ आयोजित एक कार्यक्रममा पुरस्कृत गरिएको छ । आव २०७२/०७३ भित्र सबैभन्दा उत्कृष्ट सेवा प्रवाह गरेबापत प्रथम स्थान प्राप्त गर्न सफल स्वास्थ्य केन्द्र ऐसेलुखर्क, दोस्रो स्थान प्राप्त स्वास्थ्यचौकी दुर्छिम र तेस्रो स्थान प्राप्त स्वास्थ्यचौकी बाक्सिलालाई जिल्ला जनस्वास्थ्य कार्यालयले पुरस्कृत गरेको हो ।

खोपको मात्रा पूरा गरेको, पोषणमा सुधार गरेको, परिवार नियोजन, गर्भवती सेवा, क्षयरोगविरुद्धको सेवालगायतको मापनका आधारमा उत्कृष्ट स्वास्थ्यसंस्था छनोट गरेर पुरस्कृत गरिएको कार्यालयका प्रमुख चिकित्सक डा. रामबहादुर केसीले बताए । जिल्लाका उत्कृष्ट दश स्वास्थ्यचौकी छनोट गरिएकोमा प्राप्ताङ्कको आधारमा पहिलो, दोस्रो र तेस्रो स्वास्थ्य संस्थालाई हौसला स्वरुप पुरस्कृत गरिएको केसीको भनाइ छ ।

यस्तै, उत्कृष्ट स्वास्थ्य सेवा प्रवाह गर्ने अस्पतालका मेडिकल अधिकृत सन्तोषप्रसाद साह, डार्करुम अधिकृत सरोजकुमार पोखरेललगायत विभिन्न स्वास्थ्य संस्थाका २० स्वास्थ्यकर्मीलाई समेत पुरस्कृत गरिएको छ ।

पुरस्कृत स्वास्थ्यसंस्था र स्वास्थ्यकर्मीलाई प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले खादा र अविरसहित प्रमाणपत्र प्रदान गरे ।

कार्यक्रममा सहभागी जिल्लाका सिअहेव, हेअ, अहेव, अनमीले पूर्ण खोप सुनिश्चित गर्न, पूर्ण प्रसूति सेवाको व्यवस्था गर्न, बालविवाहरहित समाज निर्माण गर्नेलगायतका नौबुँदे प्रतिबद्धता जनाएका छन् । रास

खोटाङ, १३ भदौ । जिल्लाका उत्कृष्ट स्वास्थ्यचौकी तथा स्वास्थ्यकर्मीलाई आइतबार यहाँ आयोजित एक कार्यक्रममा पुरस्कृत गरिएको छ । आव २०७२/०७३ भित्र सबैभन्दा उत्कृष्ट सेवा प्रवाह गरेबापत प्रथम स्थान प्राप्त गर्न सफल स्वास्थ्य केन्द्र ऐसेलुखर्क, दोस्रो स्थान प्राप्त स्वास्थ्यचौकी दुर्छिम र तेस्रो स्थान प्राप्त स्वास्थ्यचौकी बाक्सिलालाई जिल्ला जनस्वास्थ्य कार्यालयले पुरस्कृत गरेको हो ।

खोपको मात्रा पूरा गरेको, पोषणमा सुधार गरेको, परिवार नियोजन, गर्भवती सेवा, क्षयरोगविरुद्धको सेवालगायतको मापनका आधारमा उत्कृष्ट स्वास्थ्यसंस्था छनोट गरेर पुरस्कृत गरिएको कार्यालयका प्रमुख चिकित्सक डा रामबहादुर केसीले बताए । जिल्लाका उत्कृष्ट दश स्वास्थ्यचौकी छनोट गरिएकोमा प्राप्ताङ्कको आधारमा पहिलो, दोस्रो र तेस्रो स्वास्थ्य संस्थालाई हौसला स्वरुप पुरस्कृत गरिएको केसीको भनाइ छ ।

यस्तै, उत्कृष्ट स्वास्थ्य सेवा प्रवाह गर्ने अस्पतालका मेडिकल अधिकृत सन्तोषप्रसाद साह, डार्करुम अधिकृत सरोजकुमार पोखरेललगायत विभिन्न स्वास्थ्य संस्थाका २० स्वास्थ्यकर्मीलाई समेत पुरस्कृत गरिएको छ ।

पुरस्कृत स्वास्थ्यसंस्था र स्वास्थ्यकर्मीलाई प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले खादा र अविरसहित प्रमाणपत्र प्रदान गरे ।

कार्यक्रममा सहभागी जिल्लाका सिअहेव, हेअ, अहेव, अनमीले पूर्ण खोप सुनिश्चित गर्न, पूर्ण प्रसूति सेवाको व्यवस्था गर्न, बालविवाहरहित समाज निर्माण गर्नेलगायतका नौबुँदे प्रतिबद्धता जनाएका छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *