विषादी सेवनबाट मृत्यु

महोत्तरी, १३ भदौ –  महोत्तरी जिल्लाको धीरापुर गाविसमा विषादी सेवनबाट गएराति एक पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धीरापुर गाविस–५ बस्ने ६० वर्षीय जीवछ दास रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

केही दिन अघि पत्नीको मृत्यु भएपछि एक्लै जीवन बिताउँदै आएका दासले गएराति तरकारी बारीमा हाल्ने नाम नखुलेको विषादी सेवन गर्दा उनको मृत्यु भएको प्रहरी उपरीक्षक जनक भट्टराईले बताए ।

गएराति करिब ९ बजे विषादी सेवनबाट सिकिस्त दासलाई छिमेकीले उपचारका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो ।

मृतक दासको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको छ । रासस


Leave a Reply

Your email address will not be published. Required fields are marked *