सभापति देउवा उपचारका लागि सिङ्गापुर प्रस्थान

dauba

काठमाडौँ, १० भदौ – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिङ्गापुर गएका छन्।

सभापति देउवा नियमित उपचारको सिलसिलामा धर्मपत्नी आरजु देउवाका साथ आज दिउँसो सिङ्गापुर प्रस्थान गरेको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।

पेटको पाचन समस्याको उपचारका लागि सिङ्गापुर गएका सभापति देउवा यही भदौ १६ गते स्वदेश फर्कनेछन् । काँग्रेसका तर्फबाट सरकारमा सहभागी हुने १३ जना मन्त्रीको शपथपछि उनी आज त्यसतर्फ गएका हुन्। रासस


Leave a Reply

Your email address will not be published. Required fields are marked *