नवनियुक्त स्वास्थ्य मन्त्री थापाद्धारा पदबहाली
काठमाडौँ, १० भदौ – कांग्रेसबाट छानिएका स्वास्थ्य मन्त्री गगन थापाले आज पद तथा गोपनियताको सपथ लिएका छन् ।
राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्या भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ गराएकी हुन् ।
सपथ ग्रहण पछि मन्त्री थापाले ११.१५ मा स्वास्थ्य मन्त्तालय पुगी पदबहाली गर्ने कार्यक्रम रहेको छ ।