स्वास्थ्य मन्त्रालय कांग्रेसको भागमा पर्यो, अर्जुन नरसिंह केसीको सम्भावना बढ्यो

0
Shares

congras
काठमाडौं, ९ भदौ – सत्ता साझेदार नेपाली कांग्रेसले स्वास्थ्य मन्त्रालय सम्हाल्ने भएको छ । माओवादी केन्द्रबाट यस अघिनै मन्त्री बनेका डीआर पौडेलले शिक्षा मन्त्रयालय सम्हाल्ने टुङ्गो लागेपछि कांग्रेसको भागमा स्वास्थ्य परेको हो ।

प्रधानमन्त्री सचिवालयका सदस्य रमेश मल्लले यस अघि नै मन्त्री बनि बिभाग नतोकिएका डिआर पौडेललाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिएको पुष्टि गरे । उनले स्वास्थ्य कांग्रेसको भागमा परेपनि नाम नआइसकेकोले मन्त्री को हुन्छ भन्ने टुङ्गो नलागेको बताए ।

स्रोतका अनुसार कांग्रेसबाट यसअघि शिक्षा मन्त्रीको रुपमा चर्चा चलेका नेता अर्जुन नरसिंह केसी स्वास्थ्य मन्त्री बन्ने सम्भ्भावना बढेको छ । तर अन्तिम टुङ्गो लागिसकेको छैन ।

कांग्रेस सभापति शेरबहादुर देउवाले आज बेलुका सम्म मन्त्रीको नाम मन्त्रयालय तोकेर प्रधानमन्त्रीलाई लिष्ट पठाउने बताएका छन् ।

नेता केसीका भाइ डा. केदार नरसिंह केसीले स्वास्थ्य मन्त्री को बन्ने भन्ने टुङ्गो लागिनसकेको भन्दै बेलुका सम्म निर्णय हुने बताए । उनले आफ्नै दाजु अर्जुन नरसिंह केसीले स्वास्थ्य मन्त्रालयमा जाने सम्भावना बढी भएको संकेत गरे । नेता केसीसंग यसअघि पनि स्वास्थ्य मन्त्रालय सम्हालेको भनुभव छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *