अस्पताललाई रु एक करोड ८२ लाख अनुदान

sahayog

नवलपरासी, ९ भदौ-  नवलपरासीको सहिद स्मृति सामुदायिक अस्पताललाई सरकारले रु एक करोड ८२ लाख १२ हजार अनुदान रकम दिएपछि अस्पतालको भौतिक पूर्वाधार विस्तार सुरु भएको छ ।

दाउन्ने देवी गाविस वडा नं ९, चौपत्तामा रहेको सहिद स्मृति सामुदायिक अस्पताल विकास केन्द्रलाई सरकारबाट प्राप्त उक्त रकमबाट अस्पतालको चौतर्फी विकासमा खर्च गर्न लागिएको हो ।

सरकारबाट गत असार ३१ गते प्राप्त गरेको उक्त रकमबाट अस्पतालको प्राविधिक, भौतिक र गुणस्तरीय उपचार सेवातर्फ खर्च गर्न लागिएको अस्पतालका व्यवस्थापक टीकाराम लुइँटेलले बताए।

अस्पतालको भवन निर्माणका लागि रु एक करोड २० लाख, उपकरण खरिदका लगि रु ५० लाख, अस्पतालको फर्निचरका लागि रु १२ लाख १२ हजार रकम विनियोजन गरिएको छ ।

सरकारबाट प्राप्त अनुदान अस्पतालको भौतिक संरचना निर्माण, उपकरण खरिद र आन्तरिक व्यवस्थापनका लागि खर्च गर्न रकम विनियोजन गरिएको केन्द्रका अध्यक्ष निमानन्द न्यौपानेले बताए ।

त्यसैगरी अस्पताल विकास केन्द्रलाई वैकल्पिक सौर्य ऊर्जा प्रवद्र्धन केन्द्रबाट प्राप्त रु ४५ लाख अनुदानबाट अस्पतालमा सोलार जोड्ने काम सुरु भएको छ ।

अस्पताललाई तत्काल आवश्यक पर्ने १८ केवीको सौर्य ऊर्जा जडान गर्न काम सुरु गरिएकाले जसबाट बिरामीका लागि थप राहत मिल्ने अस्पतालका अध्यक्ष न्यौपानेले बताए।

चौपत्तामा रहेको सो अस्पताल अहिले १५ स्ययाको मात्र रहेको छ । व्यवस्थापन कार्यालयसहित तीनवटा भवनबाट अस्पतालले आकस्मिक सेवा, ओपिडी सेवा र फार्मेसी सेवालगायतका सेवा सुविधा प्रदान गर्दै आएको छ ।
अस्पतालमा नवलपरासीको १४ गाविससहित सीमावर्ती भारतीय बिरामी सेवा लिन आउने गरेका छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *