स्वास्थ्य परीक्षणका लागि एमाले अध्यक्ष ओली आज बैंकक जाँदै
काठमाडौँ, ९ भदौ – एमालेअध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि आज थाइल्याण्डको राजधानी बैंकक जाने भएका छन् ।
उनी नियमित उपचारका लागि त्यहाँ जान लागेका हुन् । मृगौला प्रत्यारोपण गरेका ओली दुई वर्षअघि गम्भीर बिरामी परेपछि उनको भारतको नयाँदिल्ली र थाइल्यान्डमा उपचार भएको थियो । त्यसपछि उनी नियमित स्वास्थ्य परीक्षणका लागि जाने गरे पनि प्रधानमन्त्री भएपछि भने गएका थिएनन् ।
उनी झन्डै दुई साता विदेशमा रहने बताइएको छ ।