स्वास्थ्य मन्त्रालय अन्तर्गतका डा. सुनिल आचार्य माथि भ्रष्टाचार मुद्दा

akhatiyar
काठमाडौँ, ८ भदौ  – स्वास्थ्य मन्त्रालय अन्तर्गत गाइनोकोलोजिस्ट रुपमा कार्यरत डा. सुनिल आचार्यमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

डा. आचार्यले आइएससीको शैक्षिक प्रमाणपत्र नक्कली बानाएर एमबीबीएस अध्ययन गरेका थिए ।

सातौँ तहमा सेवा प्रवेश गरेका आचार्यले बढुवा हुँदा पेस गरेको शैक्षिक योग्यता नक्कली पाइएकाले विशेष अदालतमा मुद्दादायर गरिएको आयोगद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

आचार्यले आइएस्सी तहको शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र खडा गरी एमबिबिएस अध्ययन गरेको, नेपाल मेडिकल काउन्सिलबाट मेडिकल काउन्सिल सदस्यता दर्ता नम्बर प्राप्त गरेको र सरकारी नियुक्ति लिएको भन्ने उजुरीका आधारमा अनुसन्धान गरेको आयोगले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *