एक सय चिकित्सक ‘पुल दरवन्दी’मा राख्न स्वास्थ्यको नयाँ प्रस्ताव

mohp1 copy

काठमाडौँ, ८ भदौ – स्वास्थ्य मन्त्रालयले पुल दरवन्दीमा राख्नेगरि चिकित्सक पदमा थप एक सय दरबन्दीको माग गरेको छ । मन्त्रालयले रिक्त भएको स्थानमा तत्काल पदपूर्ति गरि सेवा सुचारु राख्न एक सय चिकित्सक जगेडाको रुपमा राख्ने पुल दरवन्दीको माग गरेको हो ।

‘अहिले हामीले सहमतिका लागि अर्थ मन्त्रालयमा यो प्रस्ताव पठाएका छौँँ, उताबाट जवाफ आइसकेको छैन्’  मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले भने । उनले पुलदरवन्दीमा रहने चिकित्सकहरु जिल्ला, क्षेत्र तथा केन्द्रका अस्पतालहरुमा रहने र कुनै ठाँउमा आवश्यक पर्नासाथ परिचालन हुने बताए ।

‘कोही लामो विदामा हुन्छ, कोही तालिम तथा अध्ययनमा हुन्छ, कोही पेन्सनमा निस्कन्छ त्यस्तो बेलामा भन्ने वित्तिकै कहिलेकाही नयाँ चिकित्सक पुरयाउन सकिदैन् । पुल दरवन्दीका चिकित्सकहरु त्यस्तो बेलामा तत्काल परिचालन गर्न सकिन्छ,’ श्रेष्ठले भने ।

यसैबीच चिकित्सक नपुगेका २५ जिल्लाका प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक खटाउन, तथा कार्यस्थलमा चिकित्सक भएनभएको सम्वन्धमा समेत अनुगमन तथा मुल्याकन गरी व्यवस्थ गर्न निर्देशन दिन स्वास्थ्यसेवा विभागका महानिर्देशक डा. पुष्पा चौधरीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । समितिले काम सुरु गरिसकेको जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *