शौचालयबाट त्रिशूली प्रदूषित

68
Shares

trisuli

धादिङ, ७ भदौ –  त्रिशूली नदी बचाउने र यसको सफाइ गरी पर्यटक भित्र्याएर स्वच्छता कायम गर्ने अभियान सञ्चालन भइरहे पनि राजमार्ग छेउका मानिसले शौचालय नदीमा मिसाउन छाडेका छैनन् ।

मलेखुदेखि गजुरीबजारसम्म पर्ने गजुरी गाविसका क्षेत्रमा बनेका घरहरुले त्रिशूली नदीमा सिधै शौचालय मिसाउने गरेको अनुगमनका क्रममा देखिएको छ । यस क्षेत्रको ८० घरमा गरिएको अनुगमनमा ५२ घरधुरीले शौचालय त्रिशूली नदीमा मिसाउने गरेको देखिएको अनुगमनमा खटिएको गजुरी गाविस कार्यालयले जनाएको छ ।

गजुरी गाविसलाई खुला दिसामुक्त गाविस बनाउने अभियान सञ्चालनका क्रममा गाविसस्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले गाविसलाई खुला दिसामुक्त गाविस बनाउन कार्यक्रम सञ्चालन गरेको छ । सोक्रममा २८ घरमा शौचालय नै नभएको पाइएको छ ।

त्रिशूली लगायत कुनै पनि नदी एवं खोलामा शौचालय मिसाउन नपाइने भएकाले सबै घरलाई तत्काल आफैँले सेफ्टी ट्याङ्की बनाउन निर्देशन दिइएको छ । शौचालय नबनेका घरलाई तत्काल शौचालय बनाउन निर्देशन दिइएको गाविसले जनाएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *