डन्डीफोरले सताएको छ ? खानुहोस् यी खानेकुरा

dandifor

छालाको सेवासियस भनिने तेल ग्रन्थीमा व्याक्टेरियाको संक्रमणमा भएपछि फुल्ने र पिप जम्मा हुने अवस्थालाई हामी डण्डिफोर निस्केको भन्छौँ । तेल ग्रन्थीले अनावश्यक रुपमा धेरै तेल उत्पादन गर्नु नै डन्डिफोरको मुख्य कारण हो । डण्डिफोर खासगरी अनुहार घाटी काँध तथा ढाडमा हुनेगर्छ ।अनुहारमा देखिने डण्डिफोले अनुहारको चमक नै हराइदिन्छ । त्यसैले कतिपय युवायुवतीहरु आफ्नो अनुहारमा निस्केको डण्डिफोर प्रति निकै नै चिन्तित हुने गर्छन ।

यी खानेकुरा खानुहोस्  :

गाँजर : गाँजरमा प्रशस्त भिटामीन ए पाइन्छ। भिटामीन ए लाई डण्डीफोर विरोधक भिटामीन भनेर पनि चिनिन्छ । खाना खाइसकेपछि अथवा खाजाको रूपमा दैनिक १ २ वटा गाँजर मज्जाले चपाएर खाने गर्नुहोस्। यसले तपाइको पाचनप्रणालीमा सुधार ल्याउनुका साथै डण्डीफोरको समस्याबाट राहत प्रदान गर्दछ ।

Carrot tubers

माछा :  माछा कत्तिको खाने गर्नुहुन्छ। माछा डन्डीफोरको लागि अति उत्तम मानिन्छ । माछा हाम्रो स्वस्थ्यको लागि पनि धेरै लाभलायक हुन्छ। माछाको सेवनले स्वस्थ मुटु, स्वस्थ छाला र स्वस्थ मस्तिष्कको विकास गर्न मद्दत गर्छ। यसमा पाइने ओमेगा ३ फ्याटी एसिडले छालाको रक्षा सँगै ‘कोलाजेन’ हर्मौनको उत्पादनमा वृद्धि भई डण्डीफोर आउनबाट रोक्ने सेता रक्तकोषहरुको विकास गर्न मद्दत गर्छ ।

fish

बेसार :
विहान उठेर १ गिलास दहीमा १ चिम्टी बेसार घोलेर खाने गर्नुहोस्। अथवा १ गिलास पानीमा १ चिम्टी बेसार राखेर १० मिनेट उमाल्नुहोस् र मनतातो बनाएर पिउनुहोस्। यसमा हुने विशेष प्रकारको जलनविरोधक तत्वले पेट तथा रगतबाट ब्याक्टेरिया र अन्य विषाक्त पदार्थहरूलाई हटाई ग्यास्ट्रिक, एसिडिटीलाई राहत प्रदान गर्दछ भने साथसाथै डण्डीफोरलाई असर गरिरहेको किटाणुहरु नष्ट गर्न मद्दत गर्छ ।

basar
हरीयो सागपात :
विशेष गरी मुला र तोरीको सागमा प्रशस्तै क्लोरोफील पाइन्छ, जसले पेटभित्रका ब्याक्टेरियालाई नष्ट गरी छालाको भित्री तहमा भएका ब्याक्टेरिया र विषाक्तलाई दिशाको मार्फत बाहिर निकाल्न मद्दत गर्दछ। साथै यसले रगतलाई पनि सफा गर्दछ। त्यसैले दैनिक खानामा यस्ता सागपातलाई नियमित मिसाएर खानुहोस् केही दिनमा फरक पाउनुहुनेछ ।

saj

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *