मृत शरीर अस्पताललाई दान गर्ने घोषणा

0
Shares

दाङ, ५ भदौ –  यहाँकी एक सामाजिक अभियन्ताले मृत्युपश्चात आफ्नो मृत शरीर अस्पताललाई दान दिने घोषणा गरेकी छन्।

नेपाल सामुदायिक सेवा केन्द्रकी अध्यक्षसमेत रहनुभएकी ४६ वर्षीया विमला योगीले आफ्नो मृत शरीर राप्ती उपक्षेत्रीय अस्पतालअन्तर्गत बन्ने स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दान गर्ने घोषणा गरेकी हुन्।

योगीले एक औपचारिक कार्यक्रममा स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्न लागेकोमा खुसी व्यक्त गर्दै उक्त प्रतिष्ठानमा अध्ययन गर्ने विद्यार्थीलाई अनुसन्धानमा सहयोग पु¥याउने उद्देश्यले आफूले मरेपछिको मृत शरीर अस्पताललाई दान गरेको बताइन्।  रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *