मिर्गौलापीडित राईलाई आर्थिक सहयोग

काठमाडौँ, ४ भदौ – इलामस्थित इलाम बजारका मिर्गौलापीडित मानबहादुर राईलाई उपचारार्थ आर्थिक सहयोग गरिएको छ ।

इलाम हङकङ समाजले यहाँ आज आयोजित कार्यक्रममा राईलाई उपचारार्थ रु ५५ हजार ८० आर्थिक सहयोग गरेको हो ।

समाजकी उपाध्यक्ष दीपा एवाई राईले इलामेली समाज काठमाडौँ अध्यक्ष राधेश्याम लेकालीमार्फत राईलाई सहयोग हस्तान्तरण गरेका हुन् ।

सहयोग हस्तान्तरण गर्दै उपाध्यक्ष राईले आफूहरुको सहयोगले राईलाई केही उपचार गर्न सहयोग मिल्ने बताउँदै इलामको समाजसेवामा सदैव तयार रहेको बताइन् । राई एक महिनादेखि विराटनगरमा उपचारार्थ हुुनुहुन्छ । उनको दुवै मिर्गौला खराब भएका छन् ।

चिकित्सकले दुवै मिर्गौला प्रत्यारोपण गर्ने भने तापनि आर्थिक अभावले समस्या परेको इलामेली समाज काठमाडौँका अध्यक्ष लेकालीले जानकारी गराए । उनले राईको उपचारार्थ अन्य ठाउँबाट पनि सहयोग रकम सङ्कलन गरिने बताए। रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *