‘सम्झौता छिटो कार्यान्वनय होस्’ भन्दै डा. गोविन्द केसीको टोली बालुवाटारमा

काठमाडौँ, ४ भदौ – आफूसंग गरिएको सम्झौता तत्काल कार्यान्वयन गर्नुपर्ने माग राख्दै डा गोविन्द केसी सहितको टोली अहिले बालुवाटार नजिक धर्ना दिएको छ । बालुवाटार चोक र चाइनीज एम्बेसी बीचको सडक पेटीमा उनीहरुले उभिएर धर्ना दिएका हुन् ।

सोलिडारिटी फर डा गोविन्द केसी अलायन्सको संयोजनमा चलेको सडक धर्ना कार्यक्रममा लेखक खगेन्द्र संग्रौला, चिकित्सक संघका पूर्व अध्यक्ष डा केदार नरसिंह केसी लगायतका व्यक्तिहरुको उपस्थिति छ ।

अलायन्सका सदस्य बनेपनि नयाँ शक्तिपार्टीका अध्यक्ष डा बाबुराम भट्टराई भने धर्नामा सहभागी भएका छैनन् । तर विवेकशील नेपाली दलका कार्यकर्ताले भने आज पनि सक्रियता देखाएका छन् ।निशेधित क्षेत्र बाहिरै शान्तिपूर्ण धर्ना दिएपनि त्यसवरपर ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाई बर्खास्त गर्न तथा अन्य मागहरु तत्काल कार्यान्वनयमा ल्याउन दवाव दिन धर्ना दिइएको डा केसीले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *