काभ्रे बस दुर्घटनाका घाइते १५ जनाको उपचार ट्रमा सेन्टरमा, अति गम्भीर २ जनालाई आइसियुमा राखियो

काठमाडौँ, ३१ साउन – ३३ जनाको मृत्यु हुने गरि भएको काभ्रे बस दुर्घटनाका १५ जना घाइतेको बीर अस्पताल संगैको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घाइतेहरुलाई अपरान्ह पौने पाँच बजे नेपाली सेनाको हेलिकप्टरबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ल्याएर त्यहाँबाट एम्बुलेन्समा सोझै ट्रमा सेन्टर लगिएको थियो । 

ट्रमाका बरिष्ठ अर्थोपेडिक सर्जन डा विनोद शेरचनका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था चिन्ताजनक छ । उनीहरुलाई आइसियुमा राखेर उपचार भइरहेको छ । अन्य दुई जनाको पनि अवस्था गम्भीर छ । बाँकी ११ जनाको अवस्था खतरामुक्त छ ।

डा शेरचनले घाइतेमध्ये अधिकांशको टाउकोमा चोट लागेको छ । त्यसबाहेक घाटी, ढाड, खुट्टा, हात तथा शरीरका विभिन्न भागमा चोट लागेको छ । अहिले ट्रमामा डा शेरचनको नेतृत्वमा उपचार भइरहेको छ ।

फोटो : नागरिक न्युज डटकम
फोटो : नागरिक न्युज डटकम

यसैबीच घाईतेलाई भेटन अपरान्ह गृहमन्त्री विमलेन्द्र निधी ट्रमा सेन्टर पुगेका थिए । उनको साथमा गृहसचिव नारायण गोपाल मलेगो, नेपाल प्रहरीका प्रमुख उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रहरीका प्रमुख दुर्जकुमार राई लगायत अधिकारीहरु अस्पताल पुगेका थिए ।

गृहमन्त्रीले घाईलेलाई स्वास्थ्यलाभको कामना गर्दै चिकित्सकहरुलाई उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *