रगत चाहियो भने रेडियोमा विज्ञापन

सोलुखुम्बु, ३१ साउन – आइतबार दिउँसोदेखि सोलुखुम्बुको सदरमुकामबाट प्रसारणमा रहेका तीनवटै एफएम रेडियोबाट ‘बी’ पोजेटिभ रगत चाहियो भन्ने विज्ञापन प्रसारण भइरहेको छ ।

छेस्काम–२ सोलुखुम्बुका दमाई हजर राईलाई रगत आवश्यकता भएपछि रगत खोज्दाखोज्दा हैरान भएर रेडियोमा रगत आवश्यकता भनेर विज्ञापन बजाउन थालिएको राईका ज्वाईं पटनबहादुर राईले बताए।

पन्ध्र दिनदेखि अस्पतालमा रहेका ७२ वर्षीय राईको उपचारका लागि चार पाउण्ड रगत आवश्यक परेको र सेना, प्रहरी रेडक्रस सबैतिर गुहार्दा पनि दाता नभेटेपछि रेडियोमा सूचना प्रसारण गर्न सुझाएको जिल्ला अस्पताल फाप्लुका डा. राजेन्द्र बस्नेतले बताए।

सोलुखुम्बुमा रगतको आवश्यकता भएमा ‘रगत चाहियो’ भनेर रेडियोबाट विज्ञापन बजाउनु नौलो होइन, महिनामा चार÷पाँचवटा यस्ता विज्ञापन प्रसारण भइरहेका हुन्छन् ।

सदरमुकाममा आफन्त हुने तथा चिनजान भएकाहरुले मिल्ने समूहको रगत भएको व्यक्ति खोजेर अस्पताल लैजाने गर्छन् भने गाउँबाट आएका र चिनजान नभएकाहरु रेडियोमा विज्ञापन प्रसारण गर्छन्, यसरी प्रसारण भएको विज्ञापन सुनेर केही दाताहरु अस्पतालसम्म पुगी रगत दिनेसमेत गरेका छन् ।

जिल्लामा ब्लड बैंक नभएका कारण रगत अभाव भएमा यस्तै समस्या भोग्नु तथा महँगो यातायात भाडा तिरेर राजधानी लैजानुको विकल्प सोलुखुम्बुवासीसँग छैन । – रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *