एक हजार १ सयको उपचार गरि तिलाठीबाट फर्कियो डा. रिजालको टोली

tilathi1

सप्तरी ३० साउन – बाढीग्रस्त क्षेत्र सप्तरीको तिलाठीमा स्वास्थ्य शिबिर लिएर पुगेको डा. भोला रिजाल नेतृत्वको विशेषज्ञ चिकित्सक टोलीले १ हजार १ सय बढीको उपचार गरि फर्केको छ ।

टोलीले बाढीबाट अति प्रभावित छिमेकी गाविस मल्हनियामा पुगेर १५० घरपरिबारलाई राहत सामग्री समेत वितरण गरेको छ । जिल्ला प्रशासन कार्यालयले तयार पारेको बाढी अतिप्रभावितहरुको सूचीका आधारमा १५० घर परिबारलाई राहत वितरण गरेको हो ।

डा. रिजाल सहितको १५ जनाको विशेषज्ञ टोली औषधि सहित गत शुक्रबार विहानै तिलाठी पुगेको थियो । सो दिन विहान ९ बजेबाट सुरु गरेको शिबिरमा ५ सय बढी स्थानीयले स्वास्थ्य परीक्षण गराएका थिए । शनिबार भने सो संख्या बढेर ६ सय नाघेको थियो ।

सिविरमा पुगेका डा. रमेश सिंहका अनुसार सिविरमा महिला बालबालिका बृद्धबृद्धाको उपस्थिति बढी देखिन्थ्यो । नजिकै सगरमाथा अञ्चल अस्पताल भएपनि विशेषज्ञ सेवा सहजरुपमा नपाएका तिलाठी र वरपरका जनताले राजधानीबाट आएका विशेषज्ञ चिकित्सकसंग निर्धक्कसंग स्वास्थ्य जाँच गराएका थिए ।

13988661_1149261488468640_1436082486_n

सिविरमा अघिल्लो दिन एक चौथाई भारतीयहरु आएकोमा दोस्रो दिन त्यो संख्या बढेर ३५ प्रतिशत नाघेको स्थानीय आयोजकले जनाएका छन् । भारतीयहरुमा पनि नाक कान घाटी, पेट तथा स्त्रीरोगको समस्या बढी देखिएको डा सिंहले बताए ।सिबिरमा आउनेहरुलाई आवश्यकताका आधारमा निशुल्क औषधि समेत दिइएको थियो । 

सिविरमा प्रसूति तथा स्त्रीरोगको उपचार गराउन आएका एक सय महिला मध्ये ७ जनाको पाठेघर खसेको पाइएको थियो । बरिष्ठ प्रसूति तथा स्त्री रोग चिकित्सक समेत रहेका डा रिजालले सो संख्या असाध्यै ठूलो भएको बताए । उनले अप्रेशन गर्नुपर्ने उनीहरुलाई थप उपचारका लागि काठमाडौँ बोलाइएको र उनीहरु सबैको निशुल्क उपचार गरिदिने समेत जानकारी दिए ।

14011933_1149297158465073_987482893_n

यसैबीच विशेषज्ञ सेवा दिन पुगेका विशेषज्ञ चिकित्सकलाई तिलाठीबासीले अभिनन्दन समेत गरेका छन् । बाढीपीडितलाई सम्झेर उपचार गर्न आएको भन्दै उनीहरुले अभिनन्दन गरेका हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *