उपत्यकामा हैजा संक्रमितको संख्या ५० पुग्यो

0
Shares

काठमाडौँ, २८ साउन – उपत्यकामा हैजा संक्रमितको संख्या ५० पुगेको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोगनियन्त्रण महाशाखाका अनुसार ४४ वटा केश ललितपुरमा ६ वटा केस काठमाडौँमा भेटिएको हो ।

महाशाखाका निर्देशक डा. भीम आचार्यले यसपटक ५० जनामा संक्रमण देखिएपनि कसैको मृत्यु नभएको बताए । उनले संक्रमित स्थानका अन्य व्यक्तिको समेत परीक्षणसंगै लाई रोगबाट जोगिने उपायका बारेमा व्यापक जनचेतना फैलाइरहेको दावी गरे ।

डा. आचार्यले उपत्यकामा खानेपानीमा हैजाको जीवाणु भेटिएको भन्दै पानी शुद्धिकरण गर्न उमाल्न तथा क्लोरिन झोल हालेर पिउन निर्देशन दिएको बताए । उनले बर्खाका बेलामा अन्य खानासमेत प्रदुशित हुने भन्दै खानेकुरामा सतर्कता अपानाउन समेत सुझाव दिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *