निःशुल्क अकुपञ्चर शिविर सम्पन्न
भक्तपुर, २८ साउन – मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित कोरिया–नेपाल मैत्री अस्पतालमा सञ्चालित तीनदिने वृहत अकुपञ्चरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर आज सम्पन्न भएको छ ।
कोरिया–नेपाल मैत्री अस्पताल र मोज् कोरियन मेडिसिन क्लिनिकले संयुक्तरुपमा आयोजना गरेको शिविरमा ३३५ जनाको अकुपञ्चरसम्बन्धी स्वास्थ्य जाँच गरेको अस्पतालमा निर्देशक डा डिके रौशनले जानकारी दिए।
शिविरका लागि कोरियाबाट आएका ३६ जनाको कोरियन चिकित्सकसहितको टोलीले स्वास्थ्य परीक्षण गर्नुका साथै निःशुल्क औषधिसमेत वितरण गरेको उनले बताए । रासस
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



