नौ स्वास्थ्य चौकी भवन हस्तान्तरण

धादिङ, २७ साउन – जर्मनीको पुनःनिर्माण कार्यक्रमसम्बन्धी रुपरेखामा आधारित जर्मन सङ्घप्य आर्थिक सहयोग तथा विकास मन्त्रालयको आर्थिक सहयोगमा जिआइजेडद्वारा निर्मित नौ स्वास्थ्य चौकी नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।

जर्मनेली राजदूतावासका कावा राजदूत एवं जिआइजेडका प्रमुख ज्यकलीन ग्रोथले नवनिर्मत स्वास्थ्यचौकीको साँचो स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठलाई हस्तान्तरण गरेका थिए ।

महादेवबेंसी, जोगीमारा, नौबिसे, जीवनपुर, खाल्टे, किरान्चोक, सुनौला बजार, सल्यानकोट र मूलपानीमा प्रिफेब्रिकेटेड भवन निर्माण गरिएको हो भूकम्पले क्षतिग्रस्त बनाएपछि स्वास्थ्य चौकी भूकम्पले क्षतिग्रस्त भएपछि त्रिपालमा बसेर सेवा दिइँदै आएको थियो । अब पक्की भवनमा स्वास्थ्य सेवा उपलब्ध हुने नौबिसे स्वास्थ्यचौकीका प्रमुख शिवहरि भट्टले जानकारी दिए।

महादेवबेंसी स्वास्थ्यचौकीको भवनको बुधबार उद्घाटनपछि सबै स्वास्थ्यचौकीलाई साँचो हस्तान्तरण गरिएपछि स्वास्थ्य मन्त्रालयका श्रेष्ठले कर्मचारीले नागरिकलाई अहोरात्र खटेर स्वास्थ्य सेवा उपलब्ध गराउन आग्रह गरे ।

महादेवबेंसी स्वास्थ्यचौकी भवन रु ४१ लाख २९ हजार ९ सय ३० बनेको हो । भवनमा ११ सुविधासम्पन्न कोठा र शौचालय छन् । गत वर्षको भूकम्पका कारण ४६ स्वास्थ्यसंस्था र ४३ सुत्केरी केन्द्र क्षतिग्रस्त भएका थिए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *