१८ छात्रा बेहोस भएपछि विद्यालय बन्द
बैतडी, २७ साउन – विद्यालयका छात्राहरुमा अज्ञात रोग देखापरेपछि दार्चुलाको लटिनाथमा रहेको लटिनाथ उच्च माविको पठनपाठन बन्द गरिएको छ ।
कक्षा ८ मा अध्ययनरत छात्राहरु एकाएक बिरामी हुन थालेपछि विद्यालयमा पठनपाठन बन्द गरिएको हो । मङ्गलबार तीनजना छात्रा एक्कासि बेहोस भएकामा बुधबार १५ जनाजति छात्रा बेहोस भएको स्थानीयवासी अभिभावक दिनेश सिंहले जानकारी दिए।
एक्कासि छात्राहरु बेहोस हुने र त्यसपछि चिच्याउने गरेका छन्, उनले भने – “छात्राहरुमा अनौठो प्रकारको रोग देखापरेपछि बुधबार विद्यालय बन्द गरिएको छ ।” छात्राहरुमा के कारणले त्यस्तो समस्या देखियो भन्ने थाहा हुन सकेको छैन । रासस
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



