भाइरल ज्वरोका बिरामी बढे

कञ्चनपुर, २६ साउन –  महाकाली अञ्चल अस्पतालमा भाइरल ज्वरोका बिरामीको सङ्ख्यामा वृद्धि भएको छ ।

दैनिक अस्पतालमा उपचारका लागि पुग्ने गरेका बिरामीमध्ये सत्तरी प्रतिशतभन्दा बढी बिरामी भाइरल ज्वरोका रहने गरेका छन् । दैनिक सयभन्दा बढी भाइरल ज्वरोका बिरामी अस्पताल पुग्न थालेको अस्पतालका सुपरिन्टेन्डेन्ट श्रीराम तिवारीले बताए ।

ओपिडी, इमरजेन्सी र जनरल वार्डमा भाइरल ज्वरोका बिरामी भर्ना भएर उपचार गराइरहेको उनले बताए । वर्षा सुरु भएसँगै भाइरल ज्वरो र पखालाका बिरामी बढेको उनले बताए ।

“दूषित पानीको प्रयोग र व्यक्तिगत सरसफाइमा कमीका कारण भाइरल ज्वरोको सङ्क्रमण बढेको छ”, उनले भने । भाइरल ज्वरोका कारण बिरामीमा हनहन्ती ज्वरो आउने, टाउको दुख्ने, पेट दुख्ने र हात खुट्टाका जोर्नीहरु दुख्ने समस्या रहेको छ ।

यसैगरी, ग्रामीण क्षेत्रका स्वास्थ्य चौकीमा उपचारका लागि पुग्ने अधिकांश बिरामीमा समेत पखाला र भाइरल ज्वरोको समस्या देखापरेको छ । स्वास्थ्य चौकीमा पुग्ने अधिकांश बिरामीमा भाइरल ज्वरोका बिरामी अधिक रहेको पिपलाडी स्वास्थ्य चौकीका अहेव चेतराज भट्टले बताए । उनका अनुसार भाइरल ज्वरोका दैनिक सत्तरीभन्दा बढी बिरामी स्वास्थ्य चौकी पुग्ने गरेका छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *