मिर्गौला पीडितलाई रु ५० हजार

इलाम, २६ साउन – मिर्गौला पीडित मानबहादुर राईको उपचारका लागि निर्माण व्यवसायी सङ्घ इलामले ५० हजार रूपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

दुवै मिर्गौलाको रोगबाट थलिएका इलाम नगरपालिका–२ निवासी मानबहादुर राईको उपचारका लागि व्यवसायी सङ्घका अध्यक्ष राजकुमार भक्तराजले ५० हजार रूपैयाँ मानबहादुर राई उपचार सहयोग समितिका संयोजक हुकुमलाल थेवेलाई मङ्गलबार हस्तान्तरण गरे ।

राईको उपचारका लागि देश–विदेशबाट करिब रु छ लाख सङ्कलन भइसकेको बताइएको छ । राईको दुवै मिर्गौला प्रत्यारोपण गर्न करिब १२ लाख रूपैयाँ लाग्ने बताएपछि इलामे युवा उनको उपचारका लागि सहयोग सङ्कलन गर्न व्यस्त भएको अध्यक्ष थेवेले बताए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *