विषाक्त खानाका कारण ३५ नर्सिङ विद्यार्थी एकैपटक बिरामी

काँकडभिट्टा (झापा), २५ साउन – बर्तामोडस्थित कञ्चनजङ्घा इन्स्टिच्युट अफ हेल्थ साइन्समा अध्ययनरत ३५ छात्रा विषाक्त भोजनका कारण आज एकै चोटि बिरामी भएका छन् ।

बिहान अचानक झाडाबान्ता हुने र टाउको दुख्ने लक्षण देखा परेपछि ती छात्रालाई स्थानीय बिर्तासिटी हस्पिटलमा उपचारार्थ भर्ना गरिएको छ । इन्स्टिच्यटका प्रिन्सिपल रचिता न्यौपानेले बिहान पाँच जनालाई झाडाबान्ता देखा परेको र अरु पनि बिरामी होलान् जस्तो भएपछि सबैलाई हस्पिटल लगिएको बताए ।

हस्पिटलको आकस्मिक विभागका डा सुदीप भट्टराईले छात्रामा ‘अननोन कज फुड प्वाइजन’ देखिएको बताए । हस्पिटलका सञ्चालक ध्रुव शिवाकोटीले आधाभन्दा बढी छात्रा उपचारपछि हस्पिटलबाट डिस्चार्ज भइसकेको र उनीहरूले सोमबार बेलुकीको खानामा मटरको तरकारी खाएको जानकारी दिए ।

स्टाफ नर्सिङ पढाइ हुने सो इन्स्टिच्युटमा सयभन्दा बढी अध्ययनरत छन् । छात्रावासमा ८० जना बस्दै आएका छन् ।  हस्पिटलका चिकित्सकले अधिकांश बिरामीको अवस्था सामान्य नै रहेको बताएका छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *