बिरामी लिएर उडेको फिस्टेल एयरको हेलिकप्टर नुवाकोटमा दुर्घटना

halikoptar

काठमाडौँ, २४ साउन –  गोरखाबाट केहीबरेअघि बिरामी लिएर काठमाडौँका लागि उडेको फिस्टेल एयरको नाइन एन एके ए कलसाइन भएको हेलिकप्टर नुवाकोटमा दुर्घटनाग्रस्त भएको छ ।

सो हेलिकप्टरमा पाँचजना यात्रु रहेको फिस्टेल एयरले पुष्टि गरेको छ । सो हेलिकप्टरका चालक रञ्जन लिम्बू रहेका छन् । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

सो हेलिकप्टर नुवाकोटको मदानपुर गाविस–९ को बेतनी जङ्गलमा दुर्घटना भएको हो । स्थानीयवासीले दुर्घटनास्थलमा धुवाँ आएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलले जानकारी दिए।

प्रजिअ पोखरेलसहित प्रहरी टोली दुर्घटनास्थलतर्फ गइसकेका छन् । दुर्घटनास्थल सदरमुकामबाट ३५ किमी दूरीमा पर्दछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *