स्वास्थ्यको ११ औँ तहमा नाम निकालेका श्रेष्ठको नतिजा आयोगद्धारा रद्ध

काठमाडौँ, २४ साउन – लोक सेवा आयोगले स्वास्थ्य सेवा तर्फ एघारौँ तहको लिखित परीक्षामा नाम निकालेका महेश्वर श्रेष्ठको नतिजा रद्ध गरेको छ । आवश्यक न्युनतम योग्यता नमिलेको भन्दै आयोगले श्रेष्ठको नतिजा रद्ध गरेको हो ।

आयोगले स्वास्थ्य सेवा, हेल्थ एजुकेशन समूह, एघारौँ तह, प्रमुख स्वास्थ्य शिक्षा प्रशासक पद १ पदका लागि गतवर्ष विज्ञापन गरि सोही बर्ष पुसको २५ र २६ लिखित परीक्षा लिएको थियो ।

एक सिटका लागि भएको परीक्षामा श्रेष्ठ एक मात्रै परीक्षार्थी थिए । गत १ असारमा नतिजा प्रकाशित हुँदा उनको नाम निस्कियो पनि । उनलाई २ साउनका दिन विहान ११ बजे आयोगको केन्द्रीय कार्यालय अनाम नगरमा अन्तर्वार्ताका लागि उपस्थित हुन समेत सूचित गरियो ।

अन्तर्वार्ता हुने भनिएको मिति नाघेको ठिक तीन साता पछि आयोगले सूचना निकालेर उनको सबै परीक्षा रद्ध गरेको जनाएको छ । रद्ध गर्नुको कारण उनको न्युनतम योग्यता नमिलेको बताइएको छ ।

आइतबार प्रकाशित सूचनामा भनिएको छ ‘रोल नं १३०००१ का उम्मेदवार श्रेष्ठको फारम देखि लिखित परीक्षाको नतिजा खारेज गरिएको छ र उनलाई अन्तरबार्ता सूचीबाट समेत हटाइएको छ ।’

सूचनामा फारम, लिखित परीक्षाको नतिजा र अन्तर्वार्ताबाट हटाउने निर्णय गत २० साउनमा बसेको बैठकले गरेको उल्लेख छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *