तीन महिना भित्र सबै स्वास्थ्यकेन्द्रमा डाक्टर पठाउने सरकारको निर्णय
काठमाडौँ, २० साउन – नयाँ सरकारले आफ्नो प्राथमिकतामा स्वास्थ्य क्षेत्रलाई पनि राखेको छ । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पदवहाली गरे लगत्तै सिंहदरबारमा बसेको पहिलो मन्त्रिपरिषदको बैठकले गरेको चारवटा निर्णयमध्ये दुईवटा निर्णय स्वास्थ्यसंग सम्वन्धित छ ।
आजको बैठकले महिनाभित्र चिकित्सक नपुगेका देशका सबै प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक पठाउने निर्णय गरेको छ । त्यस्तै प्राथमिक स्वास्थ्यकेन्द्र माथिका सरकारी अस्पतालहरुले एकै छातामुनी सबै सुविधा दिने नीति अन्तरगत गुणस्तरीय औषधि उपलब्ध गराउन यसै आर्थिक बर्षबाट औषधि कक्ष फार्मेसी सञ्चालन गर्नुपर्ने उल्लेख छ ।
त्यस्तै बैठकले देशभरका दलित र कर्णालीका नवजात शिशुको जन्मदर्ता गर्न म्याद भित्र आउने परिवारलाई प्रोत्साहन स्वरुप १ हजार दिने समेत निर्णय गरेको छ ।
सम्पर्क इमेल : [email protected]
Does the PM believe in what he signed ?
A big doubt, as always !