तनहुँमा रुघा खोकीसंगै भाइरल ज्वरोका विरामी बढे

तनहुँ, १८ साउन – केही समययता दमौलीमा रुघा खोकीसंगै भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढेको छ । दमौली वरपरका स्थानबाट भाइरलका बिरामी स्वास्थ्य परीक्षणका लागि सदरमुकाम दमौलीका सरकारी तथा निजी स्वास्थ्य संस्थामा आउने क्रम बढ्दो छ ।

दमौली अस्पतालका मेडिकल अधिकृत डा. अनिल गिरीले दमौली अस्पतालको बहिरङ्ग सेवामा दिनहुँ १५० देखि २०० जना बिरामी स्वास्थ्य परीक्षण गर्न आउने बताए । तीमध्ये करिब १०० भन्दा बढी भाइरल, रुघाखोकी र टाइफाइडका बिरामी हुने जानकारी दिए ।

virul feber

यो सङ्ख्या अन्य समयको भन्दा बढी भएको डा. गिरीले जानकारी दिए । त्यस्तै, आकस्मिकतर्फ पनि दैनिक ४० देखि ६० जनासम्म बिरामी आउने गरेका छन् । दमौली अस्पतालमा उच्च ज्वरो, रुघाखोकी, घाँटी दुख्ने, खसखस हुने, टाउको दुख्ने, नाक पोल्ने र सिङ्गान निस्कने लक्षण देखिएका बिरामी अस्पतालमा आउने गरेका छन् ।

सरकारी अस्पतालमा जस्तै बिरामी निजी स्वास्थ्य संस्थामा पनि उपचारका लागि जाने गरेका छन् । दमौलीमा रहेका हरेक निजी स्वास्थ्य संस्थामा पनि बिरामीको चाप बढ्न थालेको निजी स्वास्थ्य संस्थाका सञ्चालकले बताएका छन् । गर्मी मौसम भएपनि लगातारको वर्षाले चिसो हावापानीको कारण रोगको सङ्क्रमण छिटो हुने डा. गिरीले बताए ।

साथै, दूषित पानीको प्रयोग र असावधानीले ज्वरो तत्कालै सर्ने भएकाले अहिले सरुवा रोगका रुपमा भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढ्दै गइरहेको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *