लागू औषध कारोबार गरेको आरोपमा पक्राउ परेका ५ जना सार्वजनिक

काठमाडौँ, १६ साउन  – प्रहरीले रुघाखोकीको औषधिमा प्रयोग हुने रसायन लागूऔषध कारोबारीलाई बिक्री गरेको आरोपमा पक्राउ परेका आर्या फार्मास्यूटिकल्सका प्रमुख रतनलाल संघाई सहित ५ जनालाई आज सार्वजनिक गरेको छ ।

लागूऔषध नियन्त्रण व्युरोमा सार्वजनिक हुने हरुमा आर्याका मार्केटिङ मेनेजर निर्दशक मोहिन हलन, आर्या फर्मा ल्याबका दिलिप मण्डल र आईस ड्रग कारोबारी समूहका दुई सदस्य श्याम तामाङ र बद्री वन छन् ।

व्युरोले आजै अदालतबाट उनीहरुलाई चार दिन थुनामा राख्ने स्वीकृति समेत पाइसकेको छ । तर आर्याका प्रमुख लगानीकर्ता पवन संघाई भने फरार रहेको व्युरोले जनाएको छ । त्यस्तै सोही कम्पनीका अर्का लगानीकर्ता मोहिन हलनका दाई पनि फरार रहेको प्रहरीले जनाएको छ ।

व्युरो प्रमुख एवं डीआइजी जयबहादुर चन्दले रतनलालकै निर्देशनमा दिलीप र मोहितले तस्करीको काम गर्दै आएको बताए । व्युरोबाट खटिएको प्रहरी टोलीले गत १२ साउनमा पाटन औद्योगिक क्षेत्रमा रहेको संघाई प्लाष्टिक उद्योगबाट ४ सय ७१ केजी ८८ ग्राम औषधिजन्य कच्चा पदार्थ बरामद गरेको थियो ।

लागूऔषध कारोबारीलाई बिक्रि गर्नका लागि उक्त पदार्थ तयार बनाएर राखिएको थियो । उक्त रसायनबाट २९ लाख ट्याबलेट बन्ने प्रहरीले जनाएको छ । त्यसबाट झण्डै एक अर्ब बढी कमाउने लक्ष्य लिएको प्रहरीको बुझाई छ ।

त्यस्तै मोहित हलालको साथबाट २५ केसी सहायक रसायन बरामद गरेको छ । उनीहरुले चीन, बर्मा र भारतमा उक्त रसायन धुलो बनाएर बिक्रि गर्दै आएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *