भक्तपुरलाई क्षयरोगमुक्त बनाइने

0
Shares

भक्तपुर, १६ साउन –  नेपाल क्षयरोग निवारण संस्था भक्तपुरले जिल्लालाई क्षयरोगमुक्त बनाउने अभियान चलाएको छ ।

संस्थाको ३७ औँ स्थापना दिवसका अवसरमा स्थानीय विकास अधिकारी ध्रुवप्रसाद कोइरालाले क्षयरोग मुक्त जिल्ला बनाउने संस्थाको अभियानमा जिविसको पनि ऐक्यबद्धता र सहयोग रहने बताउँदै घरघरबाट क्षयरोग उन्मूलन अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए।

सो अवसरमा संस्थाका पूर्वसभापति बालमुकुन्द वासुकला तथा जिल्लामा क्षयरोग नियन्त्रण अभियान नियमित प्रचारप्रसारमा योगदान पु¥याउने ‘स्वनिगः न्हिपौ’पत्रिकाका सम्पादक अमिररत्न ताम्राकार, ‘थेम्मृङ’ मासिकका कार्यकारी सम्पादक हरिबहादुर श्रेष्ठ, ‘न्युज अफ साप्ताहिक’का सम्पादक प्रकाशक जगतकृष्ण प्रजापति र संस्थाका पूर्वकार्यसमिति पदाधिकारी एवम् सदस्यलाई सम्मान गरिएको थियो ।

त्यस अवसरमा संस्थाका सभापति बाबुकाजी श्रेष्ठले जापान नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्था (जन्त्र)का निर्देशक शरण गोपाली, स्वास्थ्य अनुसन्धान तथा सामाजिक विकास मञ्चका कार्यक्रम संयोजक श्याम कडेल, सल्लाहकार समितिका संयोजक धनमान श्रेष्ठ, संस्थाका सचिव राम सिख्वः, कोषाध्यक्ष प्रदीप शाक्यले लगायतले क्षयरोगीको खोजी सहज ढङ्गले गर्न सके क्षयरोग उन्मूलनलाई सहयोग पुग्ने औँल्याए । -रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *