‘अख्तियार प्रमुख भ्रष्टाचारीको नायक’ – डा. केसी
काठमाडौँ, १५ साउन – डा. गोविन्द केसीले अख्तियार दुरुपयोग अनुसन्धान अयोगका प्रमुख लोकमानसिंह कार्की भ्रष्टाचारीहरुको नायक भएको आरोप लगाएका छन् । उनले लोकमानलाई हटाएपछि मात्रै लोकतन्त्रको सुदृड हुने दावी गरेका छन् ।
केही सय समर्थकलाई आज बानेश्वरमा सम्वोधन गर्दै डा. केसीले न्यायको पक्षमा आफ्नो लडाई जारी रहेको बताए । उनले स्वास्थ्य शिक्षाको विकृति फैलाउन लोकमान प्रमुख दोशी रहेको बताए ।
यसअघि डा केसीका समर्थकहरु माइतीघरमा जम्मा भएर पदयात्रा सुरु गरेका थिए । रयालीको व्यवस्थापन अघिल्लो पटक जस्तै यसपटक पनि विवेकशील नेपाली दलले गरेको थियो ।
रयालीमा दलका कार्यकर्तासंगै त्रिवि शिक्षण अस्पतालका रेजिडेन्ट चिकित्सक विद्यार्थी तथा विद्यार्थी, नेम इन्टिच्युटका विद्यार्थी तथा डा केसीका समर्थकहरु रहेका थिए । कोणसभालाई रञ्जु दर्शना, सृजना विश्वकर्मा, अस्मिना रञ्जीत, डा जीवन क्षेत्री लगायतले सम्वोधन गरेका थिए ।