उपत्यकामा यसपटक पनि देखियो हैजा, २४ जनामा संक्रमण

cholera

काठमाडौँ, १४ साउन – काठमाडौँ उपत्यकामा यसपटक पनि हैजा देखिएको छ । काठमाडौँ ललितपुर र भक्तपुरका केही स्थानका बासिन्दामा हैजाको जिवाणु फेला परेको हो ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पछिल्लो एक महिनामा २४ जना व्यक्तिमा हैजाको जिवाणु फेला परेको जनाएको छ । उसले अघिल्ला बर्ष भन्दा यसपटक केही नयाँ स्थानमा हैजा देखिएको भन्दै खानेकुरा र सरसफाईमा ध्यान दिन आग्रह गरेको छ ।

महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीले काठमाडौँको कालिमाटी बाफल क्षेत्र, ललितपुरको लगनखेल, ठैव, हरिसिद्धि, गोदावरी सहित भक्तपुरको काठ क्षेत्रमा समेत हैजाको जीवाणु बताए । यद्धपी उनले सबैठाँउ आफूहरुको नियन्त्रणमै रहेको प्रतिक्रिया दिए । संक्रमितहरु पनि खतरामुक्त रहेको उनको भनाई थियो ।

पछिल्लो एक महिनामा २४ वटा केस भेटियो । सो थाह पाउने वित्तिकै हाम्रो क्वीक रेस्पोन्स टोलीले त्यसलाई नियन्त्रणमा लिने काम गरेको छ । के कसरी देखियो भन्ने विषयमा पनि अध्ययन भइरहेको छ । नेपाली हेल्थसंग उनले भने ।

डा. मरासिनीका अनुसार हैजाका जिवाणुहरु बर्खायाममा सक्रिय हुने र उपत्यकामा हरेक बर्ष जस्तो हैजा देखिने गर्छ । तर यसपटकको जीवाणु अघिल्ला बर्षमा देखिने भन्दा फरक छ । यो ओगामा कलेरा हो र यो तुलनात्मक रुपमा कम खतरानाक मानिन्छ ।

उनले अशुद्ध पानीकै कारण हैजा देखिएको पुष्टि भएको भन्दै तर कहाँको पानीमा त्यस्तो भयो भन्ने अझै पत्ता नलागेको बताए । उनले यसपटक पनि पानीकै कारण हैजाको जोखिम बढेको भन्दै उमालेर वा क्लोरिन हालेर मात्रै पिउन सल्लाह दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *