गर्भ नबस्ने कारण यी हुन सक्छन्

no pragent
गर्भ नबस्ने अर्थात् बाँझोपन हुनुमा महिलाकै कमजोरी देखाउने नेपाली समाजको मान्यता अझै कायम छ । बाँझोपन महिलामा मात्रै हुन्छ र महिलाकै कमी–कमजोरीका कारण गर्भ नरहने पुरुषवादी चिन्तन व्याप्त देखिन्छ ।

सन्तान नजन्मिएपछि श्रीमतीलाई मात्रै दोष दिने, सन्तानकै लागि अर्को बिहे गर्ने र पूर्वश्रीमतीलाई पीडा दिनेहरूको बुझाइ सही छ त रु बाँझोपनको समस्या पुरुषमा हुँदैन रु गर्भ नबस्ने कारणबारे स्त्री तथा प्रसूतिरोग विशेषज्ञ प्रा।डा। जागेश्वर गौतम भन्छन्,

jageshwor-gautam
प्राडा जागेश्वर गौतम बरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ

१. गर्भ नबस्ने एउटा प्रमुख कारण हो, पुरुषको शुक्रकिटमा खराबी या अभाव हुनु । जति प्रयास गर्दा पनि सन्तान जन्माउन नसकेका दम्पतीमध्ये २५–३० प्रतिशतमा यो समस्या देखिएको छ ।

२. महिलामा डिम्ब नबन्नु, बाँझोपन हुनुको अर्को मुख्य कारण हो । पुरुषको शुक्रकिटमा खराबी र महिलाको डिम्ब नबनेर बाँझोपन हुने समस्याको दर बराबर देखिएको छ । सन्तान जन्माउन नसक्ने दम्पतीमध्ये २५–३० प्रतिशतमा महिलाको डिम्ब नबनेको समस्या देखिने गरेको छ ।

३. महिला र पुरुष दुवैमा समस्या देखिएर पनि बाँझोपन भएको अर्को कारण भेटिन्छ । यो खालको समस्या बाँझोपन भएकामध्ये २०–३० प्रतिशत दम्पतीमा देखिएको छ ।

४. महिलाको पाठेघरको नली बन्द हुनु पनि गर्भ नबस्ने कारणमध्ये एक हो । पाठेघरको नली बन्द भएर बाँझोपनको समस्या भोग्ने १४–१५ प्रतिशत देखिन्छन् ।

५. महिलाको फेलिपिन ट्युब बन्द हुँदा विभिन्न खालका संक्रमण हुनसक्छ । यसका साथै ट्युबरक्लोसिस, पाठेघर नलीमा इन्फेक्सनजस्ता कारणले पनि गर्भ नबस्न सक्छ । बाँझोपनको समस्या लिएर अस्पताल आउने केही प्रतिशत महिलामा यो कारण पनि देखिएको छ ।

६. महिनावारी हुँदा पाठेघर वा नलीको तह खुइलिन्छ । त्यो तह पाठेघरबाहिर पनि गएको हुन्छ । यसकारण महिनावारी हुँदा भित्र नै रगत बग्ने हुन्छ । बाहिर निस्कन पाउँदैन र नली र पाठेघर बिग्रने सम्भावना हुन्छ । ७ प्रतिशत महिलाले यसका कारण बाँझोपनको समस्या व्यहोर्नुपरेको छ ।

७. गर्भपतनलाई परिवारनियोजनको साधनका रूपमा लिनेको संख्या बढेको पाइन्छ । युवायुवतीबीच हुने असुरक्षित यौनसम्पर्क तथा कतिपय अभिभावकले छोरा नै जन्माउने चाहनामा छोरी रहेको गर्भ पटक–पटक तुहाउने गर्छन् ।

जुनसुकै कारणले भए पनि धेरैपटक गर्भपतन गर्दा पाठेघर पातलिन्छ र बच्चा नबस्ने खतरा हुनसक्छ । बसेको गर्भ पनि आफैँ खेर जाने सम्भावना बढी हुन्छ । धेरै गर्भपतनले पाठेघरभित्रको आकार–प्रकार पनि बिगार्छ र गर्भमा बच्चा बस्यो नै भने पनि पछि गएर पाठेघर फुट्नेसम्मको खतरा हुन्छ ।

बाँझोपनको उपचार सम्भव छ

बाँझोपनको समस्या भोगिरहेकाहरूले सबैभन्दा पहिले सम्बन्धित चिकित्सककहाँ गएर बच्चा नहुनुको कारण पहिल्याउनुपर्छ ।श्रीमानको शुक्रकिटमा खराबी छ भने बढाउनतिर लाग्नुपर्छ । शुक्रकिट आवश्यकताअनुसार नबढ्ने खतरा पनि रहन्छ । यस्तो अवस्थामा शुक्रकिट लिएर कृत्रिम गर्भाधान गर्नुपर्छ । शुक्रकिट निकै नै कम छ भने श्रीमानकै  शुक्रकिट लिएर टेस्टट्युब बेबी जन्माउन सकिन्छ ।

श्रीमतीको डिम्ब नै नबन्ने समस्या छ भने डिम्ब बन्ने औषधि खान सकिन्छ । तौल धेरै छ भने घटाउनुपर्छ । पाठेघरमा इन्फेक्सन छ भने उपचार गर्नुपर्छ । पाठेघरमा मासु पलाएर बच्चा नबसेको हो भने त्यसलाई फाल्नुपर्छ ।

श्रीमान्–श्रीमतीमा कुनै पनि समस्या नै देखिएन, तर बच्चा पनि रहन सकेन भने कृत्रिम गर्भाधान नै विकल्प हुन्छ । पाठेघरको नली बन्द छ र अन्य कारणले बच्चा बसेन भने टेस्टट्युब बेबी प्रविधि अपनाउन सकिन्छ ।श्रीमतीको डिम्ब नै तयार भएन या तयार गर्न सकिएन भने अरूबाट डिम्ब लिएर पनि गर्भ बसाउन सकिन्छ ।

पुरुषका कारण बाँझोपनको समस्या निम्तिएको हो भने चुरोट सेवन छोड्नुपर्छ । लागुऔषधको कुलतबाट छुट्नुपर्छ । धेरै गर्मी ठाउँमा काम गर्दा पनि शुक्रकिट उत्पादनमा समस्या हुनसक्छ । त्यसैले यस्तो काम परिवर्तन गर्नुपर्छ । शुक्रकिट निर्माणका लागि अन्डकोषको तापक्रम ३२–३३ डिग्री हुनुपर्छ ।

# डा. गौतम थापाथलिस्थित परोपकार प्रसूति  तथा स्त्रीरोग अस्पतालका निर्देशक हुन् 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *