वर्षायामसँगै चितवनमा भाइरलका बिरामी बढे

चितवन, १० साउन – वर्षायामसँगै जिल्लामा भाइरलका बिरामी बढेका छन् ।  यहाँको सरकारी अस्पताल, दुई वटा मेडिकल कलेज र निजी अस्पतालमा बिरामी भरिएका छन् । सामान्य समयमा भन्दा अहिले भाइरलका कारण ३५ देखि ४० प्रतिशतले बिरामी बढेको भरतपुर अस्पतालका डा भोजराज अधिकारीले बताए।

सामान्य समयमा १५० जना बिरामीको परीक्षण गरिँदै आएकोमा अहिले दैनिक ३०० को हाराहारीमा बिरामीको परीक्षण गरिएको उनले बताए। डा अधिकारीका अनुसार बिहान बेलुका जाँच गर्ने पुष्पाञ्जली अस्पतालमा पनि बिरामीको सङ्ख्या बढेको छ । गर्मी बढ्दै जानु र पानी पर्नुका कारण भाइरलका बिरामीको चाप बढेको हो ।

मानिसको चहलपहल बढ्दै जानु, खानपानमा बेवास्ता गर्नुलगायतका कारण भाइरलका बिरामीको चाप बढेको डा अधिकारीले बताए। अघिल्लो वर्ष वैशाख, जेठमा भाइरलका बिरामीको चाप बढ्ने भए तापनि यस वर्ष साउनको सुरुवाती समयमा बिरामीको चाप बढेको भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रुद्र मरासिनिले बताए ।

बिरामीको चाप बढेसँगै अस्पतालमा बिरामी राख्ने श्ययाको समेत अभाव भएको छ ।जसका कारण भुईंमा राखेर उपचार गर्नुपरेको डा .मरासिनीले बताए ।

भीडभाडमा सकेसम्म नजाने, जानु पर्दा मास्क प्रयोग गर्न चिकित्सकले सुझाव दिएका छन् ।

– रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *