विशेषज्ञ दर्ता प्रमाणपत्रको विशेष परीक्षा २५ भदौमा, परीक्षा आवेदन भोली देखि भर्न सकिने
काठमाडौँ, १० साउन – नेपाल मेडिकल काउन्सिलले विशेषज्ञ दर्ता प्रमाणपत्रको लागि लिइने विशेष परीक्षा ( स्पेशल एक्जामिनेसन) आगाम ि२५ भदौ शनिबार गर्ने जनाएको छ ।
काउन्सिलले उक्त परीक्षामा सहभागी हुनका लागि परीक्षार्थीहरुले भोली मंगलबार ( ११ साउन) देखी८ भदौसम्म फारम भर्नुपर्ने बताएको छ । विलम्व शुल्क तिरेर भने ९ र १० गतेसम्म समेत फारम भर्नसकिने काउन्सिलले सोमबार जारी सूचनामा जनाएको छ ।
तर परीक्षाको आवेदन फारम अनलाइनबाट मात्रै भर्न सकिने स्पष्ट पारेको छ ।
हेरौँ सूचना